Biratnagar, Morang, Nepal
११ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

इन्टरनेट मर्मत गर्ने गाडीबाट खैरो हेरोइन ओसारपसार

उद्‌घोष सम्वाददाता
११ वैशाख २०८२, बिहिवार

विराटनगर । अवैध लागू औषध खैरो हेरोइनको ओसारपसारमा भायनेट इन्टरनेट कम्पनीको मर्मतका लागि प्रयोग गरिने सवारी साधनको प्रयोग भएको पाइएको छ । 

सशस्त्र प्रहरीले सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–६ स्थित भारतीय बजार बेलाहाबाट नेपालतर्फ आउँदै गरेको भायनेट इन्टरनेट कम्पनीको बा १३ च ७९८५ नम्बरको गाडीमा सवार तीन जनालाई नियन्त्रणमा लिंदा २ दशमलव १६ ग्राम खैरो हेरोइन फेला पारेको हो ।

इन्टरनेट मर्मत सम्भारमा प्रयोग गरिएको उक्त टाटा कम्पनीको मिनी पिकअप गाडीमा तलासी लिंदा प्रहरीले गाडीको सिटभित्र कालो प्लाष्टिकमा लुकाइएको खैरो हेरोइन बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।

सशस्त्र प्रहरी बिओपी लौकहीका सहायक प्रहरी निरीक्षक प्रकाश भट्टराईको नेतृत्वमा खटिएको टोलीले भाइनेटको उक्त गाडीमा आशंका लागेर तलासी लिएको थियो । 
तलासी लिने क्रममा उक्त परिमाणको खैरो हेरोइन बरामद गरेको जनाइएको छ । 

साथै प्रहरीले गाडीका चालक इटहरी उपमहानगरपालिका–४ का २७ वर्षीय विजय कुमार चौधरी, २२ का संजय भुजेल र १६ का कृष्ण साहलाई नियन्त्रणमा लिएको छ । 

गाडी नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

View : 105

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved