Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

राष्ट्रपति रनिङशिल्ड आजदेखि

२० जेठ २०८२, मङ्गलवार

विराटनगर । मोरङका पालिकास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि विराटनगरस्थित शहीद रंगशालामा हुने भएको छ ।

मोरङका आठ पालिकाबाट छनोट भएर आएका खेलाडीबीच प्रतियोगिता हुने मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य तथा जनपथ मावि विराटनगरका प्रअ हरि पराजुलीले बताए ।

मोरङका आठ पालिकाका विद्यालयबाट खेलाडी छनोट भएर आएका तीन सय बढी खेलाडी (विद्यार्थी) प्रतियोगितामा समावेश हुने छन् ।

प्रतियोगितामा भलिबल, कपर्दी, एथलेटिक्स, कराँते र तेक्वान्दो खेल गरी छ खेल राखिएको छ । 

कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (परशुराम)ले सो प्रतियोगिताको उद्घाटन गर्ने जनाइएको छ । प्रतियोगिता दुई दिनसम्म चल्ने  छ । 

सो प्रतियोगिताबाट छनोट भएका विद्यार्थी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

View : 87

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved