विराटनगर । सुनसरीको वराहक्षेत्रमा नुहाउन भनेर कोशी नदीमा पसेका मामाभान्जा डुबेर वेपत्ता भएका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका भान्जा १६ वर्षीय जेनिस आचार्य कोशीमा डुबेर वेपत्ता भएको जनाइएको छ ।
सोमबार विहान करीव साढे ८ बजेतिर कोकाहा र कोशी नदीको संगम स्थलमा रहेको गहिरो भागमा प्रवेश गरेर डुबेको जनाएको छ ।
उक्त स्थान गहिरो भएकोले प्रवेश गर्न नहुने भन्दै निषेधित क्षेत्र तोकिएको थियो । उक्त निषेधित क्षेत्रमा सुरुमा भान्जा जेनिस डुबेका थिए ।
उनी नुहाउने क्रममा डुबेर बेपत्ता भएपछि खोज्न भन्दै मामा नवराज पनि गहिरो भागमा गएपछि डुबेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा शसस्त्र प्रहरीको गोताखोर टोलीले डुबेका मामाभान्जाको खोजी गरिरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
View : 164
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved