विराटनगर । ४५ केजी गाँजासहित विराटनगरबाट दुई जना व्यक्ति शनिबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार विराटनगर–१४ का ६० वर्षीय छटु यादव र सोही ठाउँका भुपेन यादवको घरकोठाबाट भण्डारण गरिएको अवस्थामा गाँजा फेला परेको हो ।
यसबारे मोरङ प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ ‘जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले गई खानतलाशी गर्दा उनीहरुको घरभित्र सेतो प्लाष्टिकमा प्याकिङ गरि झोलामा राखेको ४५ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको छ ।
View : 126
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved