Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

महानगरस्तरीय हाजिरीजवाफमा पोखरिया मावि प्रथम

उद्‌घोष सम्वाददाता
२८ फागुन २०८१, बुधवार

विराटनगर । बुधबार सम्पन्न भएको विराटनगर महानगरस्तरीय आधारभूत तह (कक्षा ६–८) का विद्यार्थीहरू बीचको हाजिरीजवाफ प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय प्रथम भएको छ । पोखरिया माविले २१ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको हो ।

प्रतियोगितामा मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण माध्यमिक विद्यालय तृतीय र बाल माध्यमिक विद्यालय रानीले सान्त्वना स्थान प्राप्त गरेको हो ।

महानगरपालिकासँगको समन्वयमा पोखरिया माविकै आयोजना भएको प्रतियोगितामा २२ वटा विद्यालय सहभागी भएका थिए । 

द्वितीय बनेको मदननगर आधारभूत विद्यालयले १५ हजार, तृतीय बनेको सत्यनारायण माविले १२ हजार र सान्त्वना बनेको वाल माविले ६ हजार रुपैयाँ प्राप्त गरेको जनाइएको छ ।

त्यसैगरी प्राथमिक तह (कक्षा १–५ सम्म) अन्तरगत सामुदायिक ८ र संस्थागत ८ गरी १६ विद्यालय सहभागी भएको हाजिरीजवाफ प्रतियोगितामा ग्रिनल्याण्ड इङ्लिस स्कूल प्रथम भएको छ । 

त्यसैगरी अर्पन इङ्लिस स्कूल द्वितीय, एभरेष्ट इङ्लिस स्कूल तृतीय र बाल मन्दिर विद्या मन्दिरले सान्त्वना स्थान प्राप्त गरेका छन् । 

पोखरिया माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा आयोजित प्रतियोगिता विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, वडा नम्बर ३ का वडाध्यक्ष बासु बस्नेत लगायत सहभागी विद्यालयका प्राधानाध्यापक र शिक्षकहरूको उपस्थिति रहेको थियो ।

View : 1244

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved