विराटनगर । उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्यको माध्यमबाट आर्थिक विकाससँग सम्बन्धित अध्ययन अनुसन्धान गर्न उद्योग संगठन मोरङ र डिग्री क्याम्पस विराटनगरलेसहकार्य गरेका छन् ।
शिक्षा क्षेत्रलाई अघि बढाउँदै औद्योगिक विकासमा थप टेवा पु¥याउने उद्देश्यले संगठनका अध्यक्ष राकेश सुराना र डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख ढकबहादुर मगरले समझदारी गरेका हुन् ।
उनीहरूले आर्थिक एवं औद्योगिक क्षेत्रको दीगो विकास, लगानीमैत्री नीति निर्माण, वर्तमान कानूनहरूको समय सापेक्ष परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने विषयमा सहमति जनाए ।
संगठनका अध्यक्ष सुरानाले नीति विश्लेषण, दक्ष जनशक्ति उत्पादन र समग्र अर्थतन्त्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्य हुनुपर्ने आवश्यकता औल्याए ।
उनले आर्थिक एवं औद्योगिक क्षेत्रमा आधारित अध्ययन अनुसन्धान र औद्योगिक वातावरण विकासले मात्र अर्थतन्त्रको दीगो विकास हुने भन्दै त्यसका लागि शैक्षिक क्षेत्रले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्नेमा जोड दिए ।
डिग्री क्याम्पस प्रमुख मगरले आर्थिक एवं औद्योगिक क्षेत्रसँग सम्बन्धित अध्ययन, अनुसन्धान र औद्योगिक विषयको शोध कार्यमा सहजीकरण गर्न सदैव अग्रसर रहेको बताए । उनले शैक्षिक एवं औद्योगिक कृयाकलापमा निजी क्षेत्रसँग सहकार्य गर्न डिग्री क्याम्पस सकारात्मक रहेको बताए ।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले उच्च शिक्षा अध्ययन अध्यापनमा कोशी प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा डिग्री क्याम्पसले भूमिका निर्वाह गरेकाले निजी क्षेत्र पनि सहकार्य गर्न तयार रहेको बताए । यस्तो सहकार्यका गतिविधिले औद्योगिक अध्ययन र सम्बन्ध निर्माणको आवश्यकता पूरा हुने बताए ।
सोही अवसरमा उद्योग संगठन मोरङले डिग्री क्याम्पसको खेलमैदानमा निर्माण गरेको विराट एक्स्पो प्रयोजनका लागि निर्मित संरचना हस्तान्तरण गरेको छ ।
उक्त संरचनाले क्याम्पसको पूर्वाधार विकासमा थप टेवा पु¥याउने विराटनगर महानगरपालिका–१४ का अध्यक्ष सूर्यनारायण महतोले बताए ।
View : 146
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved