काठमाडौं । साताको तेस्रो दिन सेयर बजारले बढोत्तरीको लयलाई निरन्तरता दिएको छ । बजार सूचक २५.०७ अंकले बढ्दै २६७८.१७ को विन्दुमा आउँदा कारोबार रकम पनि बढेको छ ।
फाइनान्स समूह सर्वाधिक ५.१२ प्रतिशतले बढेको छ। अन्य १.५१ होटल तथा पर्यटन १.२८ प्रतिशतले बढेको छ। १९६ कम्पनीको सेयरमूल्य बढ्दा दुई कम्पनीको सेयरमूल्य सर्किटस्तरमा बढेका छन् ।
पियोर इनर्जी र श्री इन्भेस्टमेन्टको सेयर ९.९९ प्रतिशतले बढेको हो। यस्तै समृद्धि फाइनान्सको सेयर ८.३८ प्रतिशतले बढेको छ ।
बजारमा ५२ कम्पनीको सेयरमूल्य घटेको छ। घटेका कम्पनीमध्ये रावा इनर्जीको सेयरमा ६.१२४ प्रतिशतको गिरावट छ ।
१० अर्ब ४ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच हुँदा कारोबारमा पहिलो नम्बरमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी छ। उक्त कम्पनीको संस्थागत सेयर ५८ करोड ४९ लाख रुपैयाँको किनबेच भएको छ ।
यस्तै अरुण काबेली पावरको ५३ करोड १३ लाख, राधी विद्युतको ४६ करोड ५६ लाख, सानिमा माई हाइड्रोपावरको ४४ करोड ६९ लाख र ङादी ग्रुप पावरको ४२ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसअघि लगातार चार दिनको कारोबारमा गिरावटपछि सेयर बजार परिसूचक सोमबार दोहोरो अंकले बढेको थियो ।
नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दु कायम हुँदा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीमा थियो। ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक राधी विद्युत कम्पनीको ६२ करोड २८ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 61
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved