Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महानगरमा उपाध्यक्षको सशक्त उम्मेदवार राम पोखरेल

‘कठिनाई छिचोलेर अघि बढेका युवा नेतृत्व'
उद्‌घोष सम्वाददाता
३ वैशाख २०८२, बुधवार

विराटनगर । सामाजिक सेवामा तल्लिन रहने विराटनगरमा धेरै युवा पंत्तिमा सवैले चिनेका पात्र थिए राम पोखरेल ।

विराटनगरमा केही युवाहरू मिलेर सुरु गरेको हातेमालो सरसफाई अभियानमार्फत सामाजिक सेवामा उदाएका पोखरेल निरन्तरको सामाजिक सेवाकै परिणाम अहिले विराटनगर महानगरपालिका ८ का वडाध्यक्ष छन् ।

उनी नेकपा एमालेबाट वडाध्यक्षमा अत्याधिक मतका साथ जितेर जनप्रतिनिधि बन्न सामाजिक सेवामा देखाएको महत्वपूर्ण योगदान नै पहिलो हो भन्नेको संख्या धेरै छ । पोखरेल जनप्रतिनिधि हुँदा वा नहुँदा, सँधै अरुलाई सहयोग गर्न पछि नहट्ने युवा अभियन्ताका रुपमा स्थापित छन् ।

निरन्तरको संघर्षबाट राजनीतिमा उदाएर उनी अहिले नेकपा एमालेको राजनीतिमा विभिन्न जिम्मेवारीमा पुगिरहेका छन् । पोखरेल आफ्नो काम प्रतिको लगनशिलता र नेतृत्व गर्ने शैलीले वडामा मात्रै होइन, महानगरभरी समेत लोकप्रिय छन् ।

वडाध्यक्ष हुनु अघि उनी नेकपा एमाले विराटनगर वडा नम्बर ८ को वडा कमिटी अध्यक्ष थिए । उनको सक्रियताकै कारण पार्टीका धेरै गतिविधि पनि वडा नम्बर ८ मा धेरै हुन्थे । 

विकास निर्माणमा हुने ढिलासुस्ती र गुणस्तरीय विकासको अभियानमा सँधै सक्रिय रहने गरेका पोखरेल अहिले पनि हरेक विकास निर्माणको काममा पहल लिने युवा नेताका रुपमा स्थापित छन् । 

उनी कोभिड–१९ को महामारीको समयमा ज्यानै जोखिममा राखेर घरघर पुरेर संक्रमितहरूलाई सहयोग गर्न जुटे ।

त्यतिबेला समाजमा गरेको सहयोगकै कारण उनलाई वडाध्यक्षमा निर्वाचित हुन समेत सहज भएको धेरैको बुझाई छ । २०७४ को स्थानीय तह निर्वाचनमा पराजित भएको वडामा पोखरेलले पासा पल्टाउन सफल भए । 

उनी यतिबेला नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रवक्ताको समेत जिम्मेवारीमा छन् । मंगलबारदेखि सुरु भएको दोस्रो महानगर अधिवेशनमा पोखरेल महानगर कमिटीको उपाध्यक्षको सशक्त उम्मेदवार बनेर उभिएका छन् । उनले सवैले आफुलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताउँछन् ।

आफु हत्तपत्त जिम्मेवारी नलिने, तर लिइसकेपछि पुरा गरेर छाड्नुपर्छ भन्ने मान्यता रहेको बताउँछन् । महानगर नै आफ्नो राजनीतिक थलो भएका कारण अघि बढ्नका लागि सवै नेता कार्यकर्ताहरूले सहयोग गर्ने उनको भनाई छ ।

उपाध्यक्षमा निर्वाचित भए आफुले सवैलाई समेटर अघि बढ्ने बताए । साथै संगठनलाई अझ गतिशिल बनाएर लैजान आफुले महत्वपूर्ण भूमिका निर्वाह गरेर देखाउने उनले प्रतिवद्धता जाएका छन् ।

‘गुणदोष अलिअलि त सवैको होला, तर राजनीतिलाई सामाजिक सेवामा केन्द्रीत गरेर हिंडेको छु, जनप्रतिनिधिका रुपमा पनि राम्रो गरेरै अघि बढिरहेको छु’ उनले भने, ‘अहिले पार्टीभित्रको भूमिका निर्वाह गर्ने अवसर आउँदा सवैले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु, नेतृत्वले पनि विश्वास गरेर नै मलाई उपाध्यक्ष पदमा अघि बढ्न सल्लाह दिनु भएको छ, पार्टीभित्र गुटउपगुट भन्दा पनि सवै एमाले हौं भन्ने भावना राखेर अघि बढेको छु ।’

View : 360

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved