Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, नियन्त्रणको प्रयास जारी

भवनमा फसेका सात जनाको उद्दार
उद्‌घोष सम्वाददाता
१३ चैत २०८१, बुधवार

विराटनगर । इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । 

विहान साढे नौबजेदेखि प्लाजाको पाँचौं तलामा लागेको आगो अझै नियन्त्रणमा लिनका लागि आठवटा दमकलले प्रयास गरिरहेका छन् ।

तर आगलागी नियन्त्रणमा आउन नसकेको जनाइएको छ । आगो फैलिएर छैटौं र सातौं तलामा समेत सल्किएको प्रहरीले जनाएको छ । 

नौ तलाको यो भवनमा होटेल बरण्डा, बरण्डाको रेस्टुरेन्ट, क्युएफएक्सको सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर र पसलहरू रहेका छन् ।

यसैबीच, आगलागीका कारण भवनकाे माथिल्लो तलामा फसेका सात जनाकाे सकुशल उद्दार गरिएको इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले जानकारी दिएका छन् । सशस्त्र प्रहरीले उनीहरुको उद्दार गरेको जनाइएको छ ।

View : 158

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved