Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

हत्या आरोपी ६ वर्षपछि पक्राउ

उद्‌घोष सम्वाददाता
२६ जेठ २०८२, सोमवार

विराटनगर । विराटनगर–१६ की इशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार अभियुक्त ५५ बर्षीय एसराज लामालाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । 

लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर–१६ मा बस्दै आएकी २१ बर्षीया इशा योगी शेर्पाको शरीरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । 

घाइते शेर्पाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

View : 67

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved