Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्राडा शर्मा नियुक्त

उद्‌घोष सम्वाददाता
९ वैशाख २०८२, मङ्गलवार

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा संजिव कुमार शर्मा नियुक्त भएका छन् । 

उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल २०८१ चैत २६ गते समाप्त भएपछि प्रतिष्ठानमा उच्च व्यवस्थापन तहको यो पद रिक्त रहेको थियो ।

बैशाख ४ गते भएको प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा शर्माले अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि निमित्त कुलपतिको जिम्मेवारी पाएका हुन् । शर्माले सोमबारदेखि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेको प्रतिष्ठानका प्रवक्ता प्राडा अन्जु प्रधानले बताइन् ।

प्रतिष्ठानको स्थायीत्व र प्रशासनिक, शैक्षिक तथा आर्थिक क्रियाकलापलाई निरन्तरता दिन आवश्यक रहेकोले प्रा.डा. शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको जनाइएको छ ।

प्राडा शर्माले यसअघि पनि निमित्त उपकुलपतिका रूपमा काम गरिसकेको अनुभव छ । 

स्वास्थ्य शिक्षाको क्षेत्रमा लामो समयदेखि सक्रिय प्राडा शर्मा प्रतिष्ठानभित्र शैक्षिक सुधार, गुणस्तरीय चिकित्सा सेवा प्रवाह र अनुसन्धानको वातावरण सुदृढीकरणमा सक्रिय नेतृत्वका रुपमा स्थापित रहेका छन् ।

View : 89

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved