Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका पूर्व मुख्यमन्त्री थापामाथि बाटोमा आक्रमण

पक्राउ पर्नेहरुमा शिवसताक्षी-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई नगरपालिका-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् ।
उद्‌घोष सम्वाददाता
५ माघ २०८१, शनिवार

विराटनगर । कोशीका पूर्व मुख्यमन्त्री एवम् नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबार झापामा आक्रमण भएको छ । 

कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी बनेर फकिँदै गरेका थापामाथि जामुनबारी चोकमा आक्रमण भएको हो ।

कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै गाडीमा सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईँले दिएको जानकारी अनुसार कार्यक्रमबाट फर्किँदै गरेका थापा चढेको गाडी छेक्न खोज्ने एक जना चालकले उनीमाथि आक्रमण गरेका हुन् ।

‘पिएसओ सहितको को १ झ ६५३ नम्बरको गाडीमा हामी थियौं, हामीभन्दा अघि रहेको बा १ ञ १४७० नम्बरको विजुली अफिसको गाडीले बाटो छेकेको छेक्यै गर्यो’ हुमागाईँले भने ‘त्यसपछि भिआइपीको गाडी हो भन्दै पिएसओले वाकीटकी देखाएपछि गाडी छेकेर रोेके, अनि मनपरी बोल्दै आक्रमण गरे ।’

हुमागाइँका अनुसार थापामाथि मुक्का प्रहार गरेका ती व्यक्तिलाई सथनीयबासीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । पूर्व मुख्यमन्त्री थापा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारपछि घर फर्केको सचिव हुमागाईँले जानकारी दिए । 

आक्रमणमा संलग्न दुई जना प्हरी नियन्त्रणमा रहेको उनको भनाइ छ ।

झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले दिएको जानकारी अनुसार नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका चालक र उनका सहयोगी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई नगरपालिका-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् ।

View : 571

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved