Biratnagar, Morang, Nepal
११ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

नौ परिवारलाई घर हस्तान्तरण

उद्‌घोष सम्वाददाता
१० वैशाख २०८२, बुधवार

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बाघझोडास्थित गैरीटोलका नौ विपन्न परिवारका लागि आवास सहयोग अन्तर्गत बनेका घर हस्तान्तरण गरिएको छ । 

सुन्दरहरैंचा नगरपालिका र लुमन्ति आवासका लागि सहयोग समूहको लगानीमा निर्मित घरहरू परिवारलाई मंगलबार हस्तान्तरण गरिएको हो । 

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, सोही वडाका वडाध्यक्ष राजकुमार राई र लुमन्तिका फिल्ड संयोजक लक्ष्मी राईले संयुक्त रूपमा परिवारलाई घर हस्तान्तरण गरेका हुन् ।

नगरपालिका र लुमन्तिले विपन्न परिवारका लागि एकसय वटा घर निर्माण गर्ने योजना अन्तरगत पहिलो चरणमा नौ वटा घर निर्माण सम्पन्न गरिएको जनाइएको छ ।

View : 71

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved