Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

वक्तृत्वकलामा आदर्शकी पन्त प्रथम

उद्‌घोष सम्वाददाता
२६ चैत २०८१, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस सामाजिक कार्य विभागले  आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयकी मुस्कान पन्त प्रथम भएकी छन् । 

प्रस्तुतीकरणमा इटहरी नमूना कलेजका प्रतिक कट्टेल, मन्जिला सुवेदी र आयशा पराजुलीको समूह प्रथम भएको छ । 

विभागले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबीच लागूपदार्थ दुव्र्यसन न्यूनीकरणमा युवाहरूको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता र सामाजिक कार्य विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबीच विभिन्न विषयमा प्रस्तुतिकरण प्रतियोगिता आयोजना गरेको थियो । 

वक्तृत्वकलामा सत्यनारायण माध्यमिक विद्यालयका युमिसा गौतम द्वितीय र शिवानी राउत तृतीय भएका छन् । सान्त्वना पुरस्कार एभरेष्ट बोर्डिङ स्कूलका इशल भट्टराईले जितेका छन् ।

त्यसैगरी प्रस्तुतीकरणमा जनता आदर्श बहुमुखी क्याम्पसका प्रजल कार्की र सुनैना खड्काको समूह द्वितीय भएको छ । यो समूहले ‘विद्यालमा विद्यार्थीहरूमा पर्ने मनोसामाजिक समस्या न्यूनीकरण गर्न स्कूल सोसल वर्कको आवश्यता विषयमा प्रस्तुतीकरण गरेको थियो । 

पथरी बहुमुखी क्याम्पसका आशा राई, प्रतीक भट्टराई र गोमा धमलाको समूह तृतीय भएको छ । यो समूहले सामाजिक तथा संरचनात्मक लैङ्गिक विभेदमा सामाजिक कार्यको भूमिका विषयमा प्रस्तुतकरण गरेको थियो ।

प्रथम हुने इटहरी नमूना कलेजको समूहले सामाजिक कार्यलाई व्यवसायीकरण गर्न प्रयोगात्मक सीपको महत्व विषयम प्रस्तुतीकरण गरेको थियो । 

प्रस्तुतीकरण प्रतियोगितामा जनता आदर्श बहुमुखी क्याम्पस विराटनगर, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, इटहरी नमूना कलेज इटहरी, धरान मोडेल कलेज धरान, पथरी बहुमुखी क्याम्पस पथरी, उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थीहरू सहभागी भएका थिए ।

विजयी विद्यार्थीहरूलाई क्याम्पस प्रमुख महेशप्रसाद निरौला, पूर्व क्याम्पस प्रमुख डा रमेशवाबु काफ्ले,पूर्व डीन डा कृष्णप्रसाद पाण्डे र सह–डीन दिप्ती सुब्बाले प्रमाणपत्र एवम् पुरस्कार वितरण गरेका थिए ।

View : 36

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved