Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

अन्तर क्याम्पस छात्रा फुटसल सुरू

उद्‌घोष सम्वाददाता
१२ फागुन २०८१, सोमवार

विराटनगर । विराटनगरमा कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरू भएको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको वीवीए कार्यक्रमका विद्यार्थीको आयोजनामा सुरू भएको प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियूको समन्वयमा कोशी प्रदेशभरिका बीबीए अध्ययन हुने क्याम्पसका छात्राहरूले प्रतियोगितामा भाग लिएका छन् । 

८ खेल टोली सहभागी प्रतियोगिताका विजेताले २२ हजार २ सय २२ रूपैयाँ र द्वितीय हुने टोलीले १२ हजार २ सय २२ रूपैयाँका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षकलाई २ हजार २ सय २२ रूपैयाँ, सबैभन्दा बढी गोल गर्नेलाई ५ हजार ५ सय ५५ रूपैया पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

कोशी प्रदेशभरिका बीबीए अध्ययन हुने क्याम्पसका छात्राहरूबीच सहकार्य होस् भनेर स्ववियूले प्रतियोगिताको समन्वय गरेको सभापति जसवन्त पौडेलले बताए । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।

View : 125

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved