विराटनगर । विराटनगर–७ हाटखोलास्थित प्रधानमन्त्री पार्कमा जारी पञ्चदिवसीय योग शिविर एक समारोहबीच सोमबार सम्पन्न भएको छ ।
सो शिविरको समापनमा बोल्दै पतञ्जली योग समिति (पयोस) कोशी प्रदेशकी सचिव शोभा कोइरालाले विराटनगरलाई योगमय महानगर बनाउने अभियानमा पतञ्जली लागिपरेको बताइन् ।
महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष लक्ष्मी चौधरी, पयोस मोरङका महासचिव ऋषि खतिवडाले मोरङलाई योगमय बनाउँदै लाने बताए ।
नेपाल शान्तिका लागि होमहोमादी सहित भएको समापनमा कार्यक्रममा पयोस महानगरकी उपाध्यक्ष कुमारी तामाङ, महासचिव प्रह्लाद दंगाल, डीबी बस्नेत, माधव अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
View : 175
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved