Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

उपचार सहयोगी तालिम समापन

उद्‌घोष सम्वाददाता
१ वैशाख २०८२, सोमवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा सञ्चालित उपचार सहयोगी तालिम पहिलो समूहको समापन भएको छ । 

आइतबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा भएको तालिम समापन कार्यक्रममा प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले प्रहरी कर्मचारीहरूको लागी अति उपयोगी रहेको पहिलो उपचार सहयोगी तालिमबाट सिकेका ज्ञानले आफनो ब्यक्तिगत जीवन तथा मानव सेवामा समर्पित प्रहरी पेशामा समेत उत्तिकै फलदायी हुने बताए । 

उनले तालिमबाट सिकेका ज्ञान र सीपलाई कार्यक्षेत्रमा ब्यवहारमा उतारी तत्काल घटना स्थलमा पुगेको प्रहरीले घाइण्तेलाई पहिलो उपचार गरी चाडैं अस्पतालसम्म पुर्‍याउन सहभागी प्रशिक्षार्थीहरूलाई निर्देशनसमेत दिए ।

समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास भट्टराईले तालिम सम्बन्धी प्रतिबेदन पेश गरेका थिए । 

पाँच दिने सो तालिममा कोशी प्रदेश अन्तरगत बिभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत कनिष्ठ प्रहरी अधिकृतदेखि प्रहरी जवानसम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता थियो ।

View : 208

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved