विराटनगर । पाचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आइतबारदेखि विराटनगरमा हुँदैछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आइतबार हुने उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगिताका विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रत्येक खेलको उत्कृष्ट खेलाडीले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । साथै, विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गरेको थियो ।
View : 141
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved