Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

आज प्रधानमन्त्री ओली मोरङमा, पूर्वराष्ट्रपति भण्डारी झापामा

उद्‌घोष सम्वाददाता
२४ जेठ २०८२, शनिवार

विराटनगर । आज प्रधानमन्त्री केपी शर्मा ओली मोरङ आउन लाग्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भने झापा पुगेकी छन् । दुवैजना विभिन्न कार्यक्रमका लागि पूर्व केन्द्रीत छन् । 

प्रधानमन्त्री ओली शनिबार मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डल अध्यक्ष रहेको जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन गर्न नेपाली सेनाको हेलिकप्टरबाट मोरङ आउन लागेका छन् । 

उनले त्यहाँ स्वतन्त्र चुनाव लडेर जितेका पूर्व एमाले कार्यकर्ता मण्डलले दुई अर्ब रुपैयाँको लागतमा निर्माण गरेको दुई सय बेड क्षमताको सामुदायिक अस्पताल उद्घाटन गर्दैछन् । 

यता एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको भनेर चर्चामा रहँदै आएकी पूर्व राष्ट्रपति भण्डारी भने शुक्रबार विराटनगरमा उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गरेर झापातर्फ लागेकी छन् । 

पूर्व राष्ट्रपति भण्डारी शनिबार विहान झापाको विर्तामोडमा नेकपा एमाले कोशी प्रदेश समितिको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कोशी प्रदेशका विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा सहभागी हुँदैछिन् । 

उनी आजै झापामा महिलाहरूको अर्को कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने जनाइएको छ ।

View : 128

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved