Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

हरिनगरमा आगलागी हुँदा २६ घर टहरा जले

उद्‌घोष सम्वाददाता
१९ चैत २०८१, मङ्गलवार

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा ९ घर परिवारको २६ वटा घर टहरा जलेर नष्ट भएका छन् । 

सोमबार दिउँसो ३ बजे स्थानीय सबिर मियाँको भन्सा कोठाबाट सल्केको आगोले २६ घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । 

आगलागी थप फैलिन नदिन ३ वटा घर टहरा भत्काइएको खतिवडाले जानकारी दिए । सुनसरीको इनरुवा, हरिनगर, दुहबी र इटहरीबाट पुगेको दमकलको सहयोगमा आगलागी साढे १ घण्टामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

आगलागीबाट कुनै मानवीय क्षति नभएपनि पीडित परिवारको घरको लत्ताकपडा, नगद, गरगहना र खाद्यान्न पूर्णरुपमा जलेर नष्ट भएको छ । 

आगलागीबाट बिचल्लीमा परेका परिवारलाई हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले तत्कालको लागि चाहिने आधारभूत राहत उपलब्ध गराएको स्थानीय सञ्चारकर्मी नसिम अन्सारीले जानकारी दिए ।

View : 78

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved