Biratnagar, Morang, Nepal
२५ चैत २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

व्यवस्थापन क्याम्पसमा खेलकुद सप्ताह

उद्‌घोष सम्वाददाता
१४ माघ २०८१, सोमवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन क्याम्पस (पुसोम) मा आइतबारबाट खेलकुद सप्ताह सुरु भएको छ । स्नातक तथा स्नातकोत्तर तह अन्तर्गत बीबीए र एमबीए अध्यापन हुँदै आएको सो क्याम्पसले हरेक वर्ष खेलकुद सप्ताह मनाउँदै आएको छ । 
क्याम्पसका प्रमुख प्रशान्तकुमार लालले उद्घाटन गरिएको खेलकुद सप्ताहको पहिलो दिन सडक दौड, क्यारेम बोर्ड, वुद्धिचाल तथा टेबलटेनिस खेलहरु आयोजना गरिएको थियो । सो खेलमा सहभागी विद्यार्थीहरुलाई प्राध्यापक मोहनबहादुर बस्नेत र इश्वर भण्डारीले हौसला प्रदान गरेका थिए ।
सप्ताहव्यापी खेलकुदमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, बुद्धिचाल, क्यारमबोर्र्ड, टेबलटेनिस, सडक दौड, कबड्डी, सांगीतिक कुर्सी (म्युजिकल चेयर) र चम्चा दौड गरी एक दर्जन खेलहरुमा खेलाइने प्रमुख लालले बताए ।

View : 551

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved