विराटनगर । जागृति महिला उत्थान समाज कटहरीले विराटनगरस्थित विराटेश्वर बृद्धाश्रमलाई खाद्यान्न प्रदान गरेको छ ।
थारु महिलाहरु आबद्ध सो संस्थाले आश्रम परिसरमा एक कार्यक्रमको आयोजना गरी बृद्धाश्रमलाई खाद्यान्नका साथै नगदसमेत प्रदान गरेको हो ।
समाजले बृद्धाश्रमलाई चामल ७५ किलो, आलु ५० किलो, भुजा १३ किलोसहित चाउचाउ, पिठो र पानी लगायतका सामग्री प्रदान गरेको छ ।
समाजकी अध्यक्ष सरस्वती यादव माझीले आश्रमका संस्थापक जगत प्रसाद अज्र्याललाई खाद्यान्न सामग्रीसहित ५ हजार एक सय नगद हस्तान्तरण गरिन् ।
जागृति महिला उत्थान समाजले रामनवमीको अवसरमा गत चैत २९ र ३० गते कटहरीको महेशपुरमा आयोजना गरेको अष्टजाम कार्यक्रमबाट संकलित खाद्यान्नमा थप केही खरिद गरी आश्रमलाई उपलब्ध गराइएको अध्यक्ष यादवले जानकारी दिइन् ।
View : 57
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved