Biratnagar, Morang, Nepal
२८ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

देशभरमा बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

उद्‌घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

काठमाडौँ, १३ असोज । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्‌मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।

काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।

View : 171

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved