Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

प्रहरीलाई विद्युतीय टेम्पो हस्तान्तरण

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

विराटनगर । अटो सिटी बजाज सोरूम इटहरी सुनसरीका प्रबन्धक  प्रदीपकुमार सन्थलिया र व्यवस्थापक जयन्त सन्थलियाले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरलाई आन्तरिक प्रयोजनको निम्ति एक थान विद्युतीय टेम्पो हस्तान्तरण गरेको छ ।

तालिम केन्द्र परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेलाई सन्थलियाद्वयले विद्युतीय टेम्पो हस्तान्तरण गरेका हुन ।

विद्युतीय टेम्पो प्रदान गरी प्रहरीलाई सहयोग गर्नु हुने सन्थलियालाई समादेशक काफ्लेले आभार व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी सन्थलियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न दक्ष जनशक्ति उत्पादन गर्ने प्रहरी तालिम केन्द्रलाई थप सहजता मिलोस् भनेर विद्युतीय टेम्पो आफूले प्रदान गरेको बताए ।

View : 99

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved