Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

‘हावामा अल्झिएको स्वर’ ले पायो पुरस्कार

उद्‌घोष सम्वाददाता
२९ चैत २०८१, शुक्रवार

सुन्दरहरैंचा । कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ पुरस्कृत भएका छन् । 

काठमाडौंमा आयोजित कार्यक्रममा उनले नगद ५० हजार नगद पुरस्कारसहित ट्रफी र मेडल पाएका हुन् ।

गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कवितासंग्रहको सूची आयोजकले सार्वजनिक गरेको थियो । 

श्रेष्ठको कृति ‘हावामा अल्झिएको स्वर’का साथै साहित्यकार पल्लविबको ‘लाटी’, सुभाशीषको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ नामक कृति छनोटमा परेका थिए । 
तीमध्ये ‘हावामा अल्झिएको स्वर’का लागि श्रेष्ठले सो पुरस्कार पाएको हो ।

View : 62

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved