विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यू भएको छ ।
झापाको कनकाई नगरपालिका–१ का ६६ बर्षीय तारा बहादुर विश्वकर्माको आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लाग्दा शनिबार ज्यान गएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, इलामको माई नगरपालिका–८ का ४६ बर्षीय मदन कुमार राईको पनि करेन्ट लागेर ज्यान गएको छ ।
घरमा कोही नभएको अवस्थामा मोवाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
View : 54
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved