विराटनगर । विराटनगर–११ मा रहेको गोल्डेन अस्पतालले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ ।
आइतबार अस्पतालका वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी र अस्पतालका शुभचिन्तकहरूको साथमा केक काटेर वार्षिकोत्सव मनाइएको हो ।
अस्पतालका संस्थापक सञ्चालक डा श्यामकुमार रौनियारले मेडिकल कलेजहरूले भन्दा सस्तो उपचार सेवा प्रदान गर्दै आएको बताए ।
उनले दक्ष चिकित्सक र पर्याप्त पूर्वाधारका कारण गोल्डेन अस्पतालले उत्कृष्ट स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
गोल्डेन अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकहरूबाट विदेशी मुद्रासमेत आर्जन गर्दै आएको जनाइएको छ ।
अस्पताललाई अहिले १०० शय्याको क्षमतामा सञ्चालन गर्दै आएको जनाइएको छ ।
अस्पतालकी सञ्चालक समिति अध्यक्ष आरती आनन्द रौनियारको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी अधिकृत जियाउल हकले हाल मस्टिस्पेशियालिटी हस्पिटलका रुपमा अस्पतालले सेवा प्रदान गर्दै आएको जानकारी दिएका थिए ।
View : 79
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved