Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

नयाँ वर्ष, नयाँ बानी : स्वस्थ जीवनका लागि संकल्प

आजैदेखि यी चार संकल्प अपनाऔं ; नियमित व्यायाम, स्वस्थ खानेकुरा, पर्याप्त निद्रा र मन रमाउने समय । २०८२ साल हाम्रो स्वस्थ जीवनको सुरुवात बनोस् । शुभकामना ।
डा पार्थ गुरागाईं
३ वैशाख २०८२, बुधवार

२०८२ सालको स्वागत गर्दै, अब समय आएको छ पुराना गलत बानीहरू छाडेर नयाँ, स्वस्थ बानीहरू अंगाल्ने । हाम्रा धेरै रोगहरू ‘उच्च रक्तचाप, मधुमेह, मुटु रोग’ जीवनशैलीसँग गाँसिएका हुन्छन् । यिनलाई हामी ‘गैर–संक्रामक रोग’ भन्छौं र यिनको रोकथाम सही बानीबाटै सम्भव छ ।

नयाँ वर्षको सुरुवात नयाँ संकल्पबाट गरौं– जुन सजिलो, व्यावहारिक र हामी सबैका लागि उपयोगी छन् ।
१. हरेक दिन थोरै भए पनि शारीरिक व्यायाम गरौं

  •   बिहान ३० मिनेट हिंड्न निस्कनुहोस्
  •    लिफ्ट होइन, भरसक सिंढी चढ्न अभ्यास गरौं
  •   कामको बीच–बीचमा हल्का स्ट्रेच (तन्किने काम) गरौं
  •   साँझ साथीभाइ वा परिवारसँग रमाइलो गर्दै हिंडडुल गरौं ।

शारीरिक व्यायामले तौल नियन्त्रणमा राख्न, मुटु बलियो बनाउन र दिमागलाई ताजा बनाउन सहयोग गर्छ ।

२. खानपानमा ध्यान दिऔं

  •    प्याकेट र फास्टफुड घटाऔं, घरको ताजा खाना बढी खाऔं
  •   फलफूल र हरियो सागसब्जी अनिवार्य गरौं
  •   पानी पर्याप्त मात्रामा पिऔं  
  •    चिनी, नुन र तेलको प्रयोग सीमित गरौं

सही खानाले हाम्रो शरीरलाई शक्ति दिन्छ, रोगसँग लड्ने क्षमता बढाउँछ ।

३     निन्द्रा र विश्रामलाई प्राथमिकता दिऔं

  •     दिनमा कम्तीमा ७–८ घण्टा निद्रा अनिवार्य गरौं
  •     राति अबेरसम्म मोबाइल चलाउने बानी नबसालौं
  •     टेन्सन र चाप भए योग, ध्यान वा गहिरो सास लिने अभ्यास गरौं

राम्रो निद्राले दिमाग ताजा बनाउँछ, निर्णय क्षमता सुधार गर्छ र मनस्थिति सन्तुलनमा राख्छ ।

४. मन रमाउने समय निकालौं 

  •     हप्तामा कम्तीमा एक दिन परिवार वा आफन्तसँग घुम्न जाऔं
  •     नाच, गीत, चित्रकलाजस्ता मन पर्ने रचनात्मक काम गरौं
  •     मोबाइलबाट टाढा रहेर आफ्नो समय बिताऔं
  • रमाइलो समयले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ, तनाव घटाउँछ ।

निष्कर्षमा यो भन्न सकिन्छकि नयाँ वर्षमा ठूलाठूला योजना होइन, साना–साना परिवर्तन ल्याऔं ।

आजैदेखि यी चार संकल्प अपनाऔं ;
नियमित व्यायाम, स्वस्थ खानेकुरा, पर्याप्त निद्रा र मन रमाउने समय । २०८२ साल हाम्रो स्वस्थ जीवनको सुरुवात बनोस् । शुभकामना ।

parth382821@gmail.com

View : 74

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved