Biratnagar, Morang, Nepal
२८ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रचण्ड अब सत्तापक्ष कि प्रतिपक्ष

काँग्रेस नेताले भने ‘प्रचण्डलाई हटाउने होइन, प्रमुख प्रतिपक्षको नेता बनाउने हो’

उद्‌घोष सम्वाददाता
१७ असार २०८१, सोमवार

विराटनगर, १७ असार । सोमबार दिनैभरी वर्तमान सत्ता गठबन्धन भत्किने हल्लाले सञ्चारमाध्यम भरिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टी पंक्तिलाई तर्सिन बाध्य पार्ने यो हल्लाको अन्तर्यमा काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा निहीत थियो । 

असार १५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै  निवास बालकोटमा ‘दहीच्यूरा संवाद’ गरेका काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खबर निरन्तर आइरहेको छ । प्रधानमन्त्री दाहालले भने यस्तो केही नभएको बताउँदै मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए । 

प्रधानमन्त्री दाहालले भने जस्तै उनी नेतृत्वको सरकार बदल्नेबारे काँग्रेस र एमालेले कुनै सहमति गरेकै छैनन् त ?

नेपाली काँग्रेसका एक जना पदाधिकारीलाई उद्घोषले सोमबार साँझ यसबारे सोधेको थियो । ‘सरकार फेरिने हल्ला दिनभरी चल्यो,  के प्रधानमन्त्री दाहाललाई तपाइँहरुले हटाउन खोज्नृु भएको हो ?’ 

यसको जवाफ दिँदै ती पदाधिकारीले भने ‘उहाँलाई हामीले हटाउन खोजेका होइनौं । उहाँलाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउन खोजेका हौं ।’ 

उनको यो भनाइले पनि काँग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भइसकेको प्रष्ट हुन्छ । यद्यपि ‘विस्तृत सहमति हुन बाँकी नै रहेकाले थप कुरा भोलि’ भन्दै ती पदाधिकारीले थपे ‘कुरा यत्ति हो, हामी अहिलेका प्रधानमन्त्री दाहाललाई मुख्य विपक्षी नेता बनाउँदैछौं ।’ 

काँग्रेसकै अर्का एक केन्द्रीय सदस्यले भने दुईदेखि तीन दिनमा प्रचण्ड नेतृत्वको सरकार ढल्ने ठोकुवा गरे ।

‘यो सरकार ढल्छ, यो निश्चित भइसक्यो’, ती नेताले भने ‘चारदेखि पाँच बुँदे सहमति गरेर हामी र एमाले मिलेर सरकार चलाउने सहमति भइसकेको छ ।’ 

कांग्रेस र एमालेबीच समीकरण बनेमा संघीय सरकार र प्रदेश सरकारहरू गठन गर्न अंकगणितीय हिसाबले पहिलेभन्दा धेरै सहज हुने दुवै दलको अन्ुमान छ। 

संघीय संसदमा कांग्रेसका ८८ र एमाले ७८ जना सांसद छन् । बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ।
 

View : 280

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved