देवधरा खतिवडा
विराटनगर । उद्घोष दैनिकका प्रबन्ध सम्पादक विजय खतिवडालाई मातृशोक परेको छ । खतिवडाकी आमा देवधरा खतिवडाको ८७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।
झण्डै एक दशकदेखि पक्षघातलगायतको बिरामीबाट ग्रस्त खतिवडाको झापा भद्रपुर क्याम्पसरोडस्थित आफ्नै घरमा निधन भएको हो । वि.सं. १९९५ मंसिर १७ गते भोजपुर जिल्ला जन्मस्थान भएकी खतिवडाका विजयसहित रामहरि, शिवहरि, विश्वहरि र कमलहरि गरी पाँच छोरा र मञ्जरी र मनसा सहित दुई छोरी छन् ।
दिवङ्गत खतिवडाको शुक्रबार नै स्थानीय देउनिया खोलामा दाहसंस्कार भएको छ । दिवङ्गत हुनुभएकी आमाप्रति उद्घोष दैनिक भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।
View : 395
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved