विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले कोशी र मधेश प्रदेशमा क्रिकेट सामग्री हस्तान्तरण गरेको छ ।
प्रदेशस्तरीय क्रिकेटसँगको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तरगत क्रिकेट ब्याट, हेल्मेट, प्याड, पञ्जा, लेदर बल, टेनिस बल, स्टम्प, कोन्स तथा किट ब्यागहरू हस्तान्तरण गरिएको हो ।
मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा जिल्ला क्रिकेट संघसँग सहकार्य गरेर ती सामग्री हस्तान्तरण गरिएको नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले बताए ।
हार्ड बल र सफ्ट बल क्रिकेटलाई दृष्टिगत गर्दै ती सामग्री प्रदान गरिएको उनले जानकारी दिए ।
क्रिकेटको पहुँच र समानता सुनिश्चित गर्ने मुख्य उद्देश्यसहित फाउण्डेसनले ग्रासरूट क्रिकेटको अभियान सञ्चालन गर्दै आएको छ ।
जस अन्तरगत विद्यालय र ग्रामीण क्षेत्रका पिछडिएको समुदायबाट क्रिकेटरको खोजी गर्दै उनीहरूलाई चिनाउने काम गर्दै आएको छ ।
View : 110
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved