Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले सुन्दरहरैंचाको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

उद्‌घोष सम्वाददाता
२६ चैत २०८१, मङ्गलवार

सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचा नगरपालिकाको  आसन्न दोस्रो नगर अधिवेशनमा नगर अध्यक्ष पदमा लागि हेमराज सुवेदीको उम्मेदवारी घोषणा गरेका छन । चैत्र २८ गते नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन हुँदैछ ।

उनको उम्मेदवारी घोषणासँगै अधिवेशन प्रतिनिधि तथा पार्टी पंक्तिमा सकारात्मक चर्चा शुरु भएको छ । 

सुवेदी नेकपा एमाले मोरङ जिल्ला कमिटीका पूर्व सदस्य तथा लेखा आयोगका संयोजक हुन् । साथै उनी राष्ट्रिय वाणिज्य बैंक अन्तर्गतको ट्रेड युनियनको पूर्व केन्द्रीय अध्यक्ष हुन् । 

लामो समयदेखि पार्टी संगठनमा सक्रिय भूमिका निभाउदै आएका सुवेदीले पार्टीप्रति निष्ठा, इमान्दारिता र नेतृत्व क्षमताका आधारमा उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।

विसं२०३७ सालदेखि अनेरास्ववियुको कमिटीमा आबद्ध भई तत्कालिन समयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुवेदी सुकुना माविको सभापति भएका थिए । 

उनले विसं २०५६ सालमा नेकपा एमाले पार्टीको संगठित सदस्य भएर पार्टीको अभियानमा निरन्तर लागि परेका थिए । 

नगर अध्यक्षमा सुवेदीसंँगै उपाध्यक्षमा अम्बिका दाहाल (निरौला), सचिव दावा तामाङ र उपसचिवमा युवराज पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

View : 75

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved