Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानीको अध्यक्षमा लालमणी भट्टराई निर्वाचित (अन्तिम मत परिणामसहित)

उद्‌घोष सम्वाददाता
१२ जेठ २०८२, सोमवार

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष पदमा लालमणी भट्टराई निर्वाचित भएका छन् ।

सोमबार विहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

खानेपानीको वर्तमान अध्यक्ष समेत रहेका राम बहादुर घिमिरे ७३५ मतले पराजित भए । उनले १ हजार १५४ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षमै दुर्गा चापागाईँले ६३५ मत प्राप्त गरेकी हुन् ।

खानेपानीको निर्वाचनमा भट्टराई, घिमिरे र चापागाईँ प्यानलै प्रतिष्पर्धामा उत्रिएका थिए । 

महिला उपाध्यक्षमा चापागाईँ प्यानलकी सावित्रा पोखरेल निर्वाचित भइन् । उनले १ हजार २०३ मत प्रात गरिन् । महिला उपाध्यक्षका उम्मेदवारहरू सावित्रा कुमारी न्यौपानेले १ हजार १३९ र देवीमाया बास्तोलाले ७८८ मत प्राप्त गरिन् ।

खुला उपाध्यक्षमा पनि चापागाईँ प्यानलकै भोलानाथ घिमिरे निर्वाचित भए । घिमिरेले १ हजार ३६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षका उम्मेदवारहरू मध्ये बुद्धिप्रसाद पौडेलले ८५०, रुद्र बहादुर कार्कीले ७०९, कौशिला बन्जरा रेग्मीले ४५० र दामोदर खरालले ९८ मत पाएका छन् ।

सचिवमा भट्टराई प्यानलकै प्रदीप कुमार नेपाल निर्वाचित भए । नेपालले १ हजार ६७९ मत प्राप्त गरेका छन् । सचिवमै नगेन्द्र प्रसाद ढकालले ८४३ र पवन भट्टराईले ७४१ मत पाए ।

९६५ मत प्राप्त गर्दै कोषाध्यक्ष पदमा भने स्वतन्त्र उम्मेदवार सरोज घिमिरे निर्वाचित भए । कोषाध्यक्षका प्रतिष्पर्धीहरू मध्ये हिरण्य निरौलाले ९२०, राजेन्द्र कुमार पोखरेलले ७४७ र अन्नपूर्ण पोखरेलले ५०८ मत प्राप्त गरेका छन् ।

दुई महिला सदस्यहरुमा सात जनाबीचको प्रतिष्पर्धा हुँदा शान्ति बस्नेत रिजाल र अञ्जु तिम्सिना कटुवाल निर्वाचित भएका छन् । रिजालले १ हजार १४९ र कटुवालले १ हजार १५७ मत प्राप्त गरिन् । दुवै महिला सदस्य भट्टराई प्यानलका हुन् । 

खुला सदस्यमा भने घिमिरे प्यानलका केशवप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार चुडामणि खतिवडा (वसन्त) निर्वाचित भएका छन् । आचार्यले १ हजार ४६ र खतिवडाले १ हजार ४८ मत प्राप्त गरेका हुन् ।

मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता मतदाता रहेका थिए । कुल उपभोक्ताको ६६ प्रतिशत अर्थात ३ हजार ९६४ मत खसेको थियो । 

अन्तिम मत परिणाम

View : 1616

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved