Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

विराट मेडिकल कलेज सामाजिक सुरक्षा कोषबाट सम्मानित

सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार एक कार्यक्रमका बीच कोषले आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा सवैभन्दा बढी योगदानकर्ताहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै विराट मेडिकल कलेजलाई प्रशंसापत्रसहित सम्मानित गरेको हो ।
उद्‌घोष सम्वाददाता
१२ मंसिर २०८१, बुधवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सवैभन्दा बढी योगदानकर्तालाई स्वास्थ्योपचार सेवा प्रदान गरेको भन्दै सामाजिक सुरक्षा कोषले सम्मानित गरेको छ ।

सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार एक कार्यक्रमका बीच कोषले आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा सवैभन्दा बढी योगदानकर्ताहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै विराट मेडिकल कलेजलाई प्रशंसापत्रसहित सम्मानित गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विराट मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत डिनिस कार्कीलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

कोशी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ताहरूको स्वास्थ्योपचारका लागि १७ वटा स्वास्थ्य संस्था सूचिकृत रहेको जनाइएको छ । जसमध्ये विराट मेडिकल कलेज शिक्षण अस्पतालले आर्थिक बर्ष २०८०–८१ मा १७ हजार ८८६ जना योगदानकर्तालाई सेवा प्रदान गरेका कारण कोषले प्रशंसा प्रत्रसहित सम्मानित गरेको हो ।

विराट मेडिकल कलेजले कोशी प्रदेशमै स्वास्थ्य सेवामा उल्लेखनीय सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

View : 224

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved