Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

स्वार्थी संसार गीत सार्वजनिक

विराटनगर ।  गीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरुपराज आचार्यको स्वर छ ।

वरिष्ठ संगीतकार लक्ष्मण शेषको लामो समयपछि कमब्याक भएको छ । ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टूडियोबाट यू ट्युवमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्म मार्फत सार्वजनिक गरिएको छ । बहुसंख्यक मानिसहरूले समयक्रममा स्वार्थ प्रेरित कुनै न कुनै अनुभव र घटना ब्यहोरेको भाव र सन्देश सो गीतमा रहेको छ ।

हिजोआज मानिसहरू आफनो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ लिने तर आफनो स्वार्थ पूरा भएपछि कुल्चेर हिड्ने प्रवृत्तिलाई गीतमा गहनरुपमा प्रस्तुत गरिएको छ । गीतकार नारायण खतिवडाका यसभन्दा पहिला पनि दर्जनौं गीतहरु बजारमा आएका छन् । सम्झनाका पाइलाहरू नामक गीति संग्रहमा एकसय नौ वटा गीतहरू समाबेश छन भने स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुं देखुं, सन्देश पुर्‍याइदेउ, मेरो कथा, चोखो चोखो, लगायतका दर्जनौं गीत बजारमा आइसकेका छन् ।सरकारी सेवामा रहेका खतिवडा गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा पनि कलम चलाउदै आएका छन । सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घट्ना, प्रेम, बियोग, राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचात्मक र सन्देशमूलक भावसहित साहित्यमा उतार्न श्रष्टा गीतकार खतिवडाको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ । खतिवडाको शब्द रचना, लक्ष्मण शेषको मौलिक संगीत सिर्जना र स्वरका धनी गायक स्वरूपराज आचार्यको गायनको त्रिपक्षीय संयोग बनेको छ स्वार्थी संसार गीत  ।

View : 226

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved