Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले मोरङ जिल्ला अधिवेशन

बोल्न नदिएपछि विनोद ढकालले छाडेका थिए मञ्च

उद्‌घोष सम्वाददाता
१७ फागुन २०८१, शनिवार

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको उद्घाटनमा बोल्न नदिएपछि पार्टी सल्लाहकार समितिका सदस्य रहेका एमाले नेता विनोद ढकालले मञ्च छाडेर हिंडेका छन् । 

प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बोलुन्जेलसम्म मञ्चमा बसेका ढकाल कार्यक्रम संचालक एमाले मोरङ संगठन कमिटीका सचिव रविन थापाले त्यसपछि केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेलाई शुभकामना मन्तव्यका लागि बोलाएका थिए ।

घिमिरेले बोल्न सुरु गरेपछि ढकाल मञ्च छाडेर उद्घाटन सत्रबाट बाहिरिएका हुन् । ढकाल बाहिरिंदा मञ्चमा बसेका एमालेका केही नेताहरूले मुखामुख समेत गरेका थिए ।

एमालेभित्र ढकाल कोशी प्रदेशभरी नै नेताका रुपमा स्थापित छन् । केन्द्रीय कमिटी सदस्य रहेका ढकाल कोशी प्रदेश कमिटीको अध्यक्षको उम्मेदवार बनेर सम्मानजनक मत ल्याएका थिए । अधिवेशनमा पराजित भएपनि ढकाल पार्टीभित्रका प्रभावशाली नेताका रुपमा स्थापित रहेका छन् । 

पार्टीले पछि सल्लाहकार कमिटीको सदस्यमा मनोनित गरेपछि उनी सोही भूमिकामा पार्टीभित्र सक्रिय छन् ।

ढकालले १० औं जिल्ला अधिवेशनको प्रतिनिधि छनौटकै प्रक्रियामा असन्तुष्टि जनाइसकेका छन् । उनले आफ्नो पक्षबाट उम्मेदवार नै खडा गरेर जिल्ला अधिवेशनमा पनि पार्टीको मुल लाइनलाई टक्कर दिने कोसिस गरिरहेकाका कारण जिल्ला अधिवेशनमा बोल्न नदिएको उनी निकटका नेता कार्यकर्ताहरूले बताए ।

उद्घाटन सत्रको हलबाट बाहिरिएपछि ढकाल अन्तिमसम्मै हलभित्र प्रवेश गरेनन् । उनी हल बाहिर नेता कार्यकर्ताहरूसँग कुराकानीमा व्यस्त बनेको देखिन्थे ।

View : 1727

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved