Biratnagar, Morang, Nepal
२९ चैत २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

अरुण तेस्रोमा कार्यरत मजदुरको पहिरोमा पुरिएर मृत्यु, दुई घाइते

उद्‌घोष सम्वाददाता
३० जेठ २०८१, बुधवार

सङ्खुवासभा । संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर बर्दियाको घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको जनाइएको छ । अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षा भएको र उनीहरु निदाएको बेलामा खसेको पहिरोले पुरेर जलविद्युत् आयोजनाका मजदुर थारुको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । त्यसैगरी मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएको जनाइएको छ । 

जलविद्युत् आयोजनाले कामदारहरुको बासका लागि भनेर निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पहिरोले पुरेको जनाइएको छ ।

View : 267

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved