Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सामसङ इन्स्टा फाइनान्स अब अझ सजिलो

उद्‌घोष सम्वाददाता
२७ जेठ २०८२, मङ्गलवार

विराटनगर । सामसङ नेपालले आफना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुचयोग्य बनाएको जनाएको छ । अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ ।

पहिले टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रयोग सम्भव थियो भने होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ । 

अब ग्राहकहरूले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २–२ वटा पासपोर्ट साइजको फोटो लिएर फारम बुझाएको एक घण्टाभत्र घर लैजान सक्नेछन । यो सेवा जेठ १९ गतेदेखि लागू भएको हो  । 

३० प्रतिशत डाउनपेमेन्ट गरेपछि १२ महिनाको किस्तामा  शुन्य प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ र यो सेवा ३० हजार वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुने जनाइएको छ ।

सामसङको नवीनतम् प्रवन्ध अब नेपाली ग्राहकहरूको पहुचमा ल्याउने उद्दश्यले सुरू गरिएको यो योजना हुलास फिन सर्भे हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो ।

सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिले वितरण गरिरहेका देशभरका २०० भन्दा बढी अधिकृत सामसङ भोजहरूमा उपलब्ध हुने बताएको छ ।

View : 48

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved