विराटनगर । उपभोक्ताको अधिकार संरक्षण, स्थानीय सरकारको दायित्व र सुशासनको सवालबारे सचेतना अभिबृद्धि गर्न विराटनगरका दुईवटा सामुदायिक विद्यालयमा आयोजित उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
उपभोक्तालाई जागरुक बनाउने र बिक्रेतालाई जिम्मेवार बनाउने अभियान अन्तरगत विराटनगर–८ स्थित महेन्द्र मावि र विराटनगर–१६ मिल्स माविमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
विराटनगर महानगरपालिकाको सहयोगमा उपभोक्ता जागरण अभियान नेपालले दुईवटा विद्यालयका प्रधानाध्यापक, शिक्षक, ५० जना विद्यार्थी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूलाई सहभागी गराएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले जानकारी दिए ।
उनले यस वर्ष खोटाङको सिम्पानी, उदयपुरको उदयपुरगढी, लम्जुङको शारदा मावि गरमवेशी, शैलीपुत्र मावि धमिलीकुवा, तनहुँस्थित कर्मदा मावि र मनोहर माविमा समेत उपभोक्ता जागरण शिक्षा कार्यक्रम सञ्चालन गरेको बताए ।
उपभोक्ता जागरुक भएमात्रै वस्तु तथा सेवाका विबक्रेताहरू जिम्मेवार हुने भएकोले यसबारे सचेतना जगाउन विद्यालय तहमै उपभोक्ता शिक्षा सञ्चालन गरिएको उनले जानकारी दिए ।
View : 201
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved