Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी

माथिल्लो तलामा फसेकाहरूको हेलिकप्टरबाट उद्दार गरिंदै

उद्‌घोष सम्वाददाता
१३ चैत २०८१, बुधवार

विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि लागलागी हुँदा माथिल्लो तलामा फसेकाहरु मध्ये ७ जनाको उद्दार गरिएको छ ।

घाइते भएका केहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिंदैछ ।

इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्ट्रल प्लाजाको पाँचौं तलामा बुधबार विहान साढे ९ बजेदेखि लागेको आगो नियन्त्रणमा लिन अहिलेसम्म १० वटा दमकल परिचालन भइसकेका छन् । 

तर माथिल्लो तलामा आगलागी भएका कारण नियन्त्रणमा लिन कठिनाई भइरहेको जनाइएको छ । छैटौं र सातौं तलामा रहेका मानिसहरू भवनको माथि फसेका हुन् । 

नौ तलाको यो भवनमा होटेल बरण्डा, बरण्डाको रेस्टुरेन्ट, क्युएफएक्सको सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर र पसलहरू रहेका छन् ।

View : 221

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved