Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विर्तामोडकी एक महिलामा देखियो कोरोना संक्रमण, भेरियन्ट पत्ता लगाउन परीक्षण

उद्‌घोष सम्वाददाता
३० जेठ २०८२, शुक्रवार

विराटनगर । भारतमा कोरोना संक्रमण उच्च भैरहेका बेला झापामा पनि एक जना नयाँ संक्रमित फेला परेका छन् । 

विर्तामोड नगरपालिका-५ कि एक जना ५२ वर्षीया महिलामा बिहीबार संक्रमण पुष्टि भएको विर्तामोड नगरपालिकाका स्वास्थ शाखाका ओम खड्काले जानकारी दिए । 

'उहाँले हिजो विर्तामोडको विर्तासिटी अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको छ' खड्काले भने 'उहाँको सम्पर्कमा नगरपालिका आज पुग्यो । स्वास्थ्य अवस्था सामान्य छ । घरैमा आइसोलेसनमा हुनुहुन्छ ।' 

विर्तामोड बाहिर नगएकी महिलामा देखा परेको कोरोनाको भेरियन्ट पत्ता लगाउने प्रयास भैरहेको उनले जानकारी दिए ।

View : 59

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved