Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

नागरिकता दुरुपयोग गरी लाखौं ठगी

उद्‌घोष सम्वाददाता
३ वैशाख २०८१, सोमवार

विराटनगर । अरूको नागरिकता दुरुपयोग गरी सामाजिक सञ्जालबाट लाखौको ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हृवाट्सएप, फेसबुक र इनस्टाग्राम जस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरी ठगी गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा झापाको अर्जुनधारा–९ की ३८ वर्षीय रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली, झापा बुद्धशान्ति–२ घर भई काठमाडौंको कागेश्वरी मनोहरा बस्दै आएका ३५ वर्षीय निश्चल पोर्तेल र इलाम माई–५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा बस्ने ३४ वर्षीय धनबहादुर विक रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूले नागरिकता दुरुपयोग गरी १६ वटा बैंकमा खाता खोली ६० लाख रुपैयाासम्म ठगी गरेको अनुसन्धानबाट खुलेको रेग्मीले बताए । 

उनीहरूले सामाजिक सञ्जालहरूबाट सम्पर्क गरी तपाईको नाममा पार्सल, डलर लगायतका बहुमूल्य सामानहरू आएको छ, उक्त सामान प्राप्त गर्नको लागि तपाईले भन्सार चार्ज तिर्नुपर्ने हुन्छ भन्दै उक्त भन्सार चार्ज नेपालका विभिन्न बैंकहरूको खातामा जम्मा गर्नू भनी विभिन्न किसिमका आश्वासन देखाई पटक–पटक रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेका थिए । 

कार्यालयबाट खटिएको विशेष टोलीले काठमाडौंको पेप्सीकोला र जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो । सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता फेला पारी उक्त नागरिकतामा आफ्नो फोटो टाास गरी सोही नागरिकता दुरुपयोग गरी विभिन्न १६ वटा बैंकमा खाता खोली कारोबार गर्ने गरेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

सन्जुले रश्मीको मात्र नभई अन्य व्यक्तिहरूको समेत नागरिकता दुरुपयोग गरेको देखिएको छ । उनले विगत २ वर्षदेखि उक्त ठगी कार्य गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलले विभिन्न नेपाली नम्बरहरूबाट हृवाटस्एप एकाउन्ट खोली पीडितहरूसाग सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत भनी बताउने गरेको प्रहरीले जनाएको छ ।

सन्जु पौडेलीका श्रीमान् निश्चल पोर्तेलले निशान्त शर्माको नाममा भारतीय आधार कार्ड समेत लिएको पाइएको छ । 

उनीहरूले ६० लाख ५५ हजार रुपैयाा ठगी गरेको निवेदन प्रहरीमा परेको छ । 

उनीहरूको साथबाट विभिन्न व्यक्तिहरूको नागरिकता–६ थान, प्रयोग भएका एनसेलको सिम कार्ड–१४ थान, प्रयोग नभएका एनसेलको सिम कार्ड–१२ थान, प्रयोग भएको भारतीय सिम कार्ड–१ थान बरामद भएको छ । 

यसैगरी विभिन्न बैंकको एटिएम–८ थान, विभिन्न बैंकको चेक बुक–११ थान, विभिन्न बैंक तथा सहकारीमा डिपोजिट गरेको सिलिप–१८ थान, मोवाइल–०६ थान, पहेंलो धातुले बनेको विभिन्न गहनाहरू पनि प्रहरीले बरामद गरेको छ ।

View : 379

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved