Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

२०८१ सालमा मोरङबाट १८ हजार विद्यार्थीले एसईई दिने

उद्‌घोष सम्वाददाता
२९ माघ २०८१, मङ्गलवार

विराटनगर । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा यही आउँदो चैत ७ गतेदेखि १५ गतेसम्म  सञ्चालन हुने कार्यतालिका छ । 

मोरङबाट सामुदायिक, संस्थागत, धार्मिक तथा खुल्ला विद्यालय गरी ३ सय ९६ माध्यमिक विद्यालयका १८ हजार १०३ विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन् । 

संस्थागत विद्यालय तर्फबाट २२५ र सामुदायिक विद्यालय १७१ (गुरुकुल दुई र  मदरसा ३ समेत) गरी ३९६ विद्यालयहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ । 

नियमित विद्यार्थीको संख्या १६ हजार २ सय १३ र प्राविधिक  धारका  ६ सय १० विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । मोरङमा १५ वटा विद्यालयमा प्राविधिक धारतर्फको पठनपाठन हुँदै आएको छ । 

यसैगरी ग्रेड वृद्धितर्फ १ हजार २ सय ८० विद्यार्थीहरू सहभागी हुने भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्राविधिक सहायक राजन भट्टराईका अनुसार माध्यमिक शिक्षा परीक्षा, २०८१ परीक्षा सम्बन्धी कामको तयारी अन्तिम चरणमा पुगेको छ ।

गत वर्ष मोरङमा ७० वटा माध्यमिक शिक्षा परीक्षा केन्द्रहरू कायम गरिएको थियो भने २०८१ शैक्षिक सत्र कक्षा १० को वार्षिक परीक्षा माध्यमिक शिक्षा परीक्षामा लगभग गतवर्षको परीक्षा केन्द्रकै बराबर केन्द्र हुने अनुमान गरिएको छ ।

View : 305

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved