विराटनगर । विराटनगरका क्रियाशील सञ्चारकर्मीहरूको भूमिका रहेको मैथिली भाषाको म्यूजिक भिडियो सहितको छठ गीत सार्वजनिक भएको छ ।
सञ्चारकर्मीहरूको लेखन, निर्देशन तथा लगानीमा निर्माण गरिएको ‘कल जोडी विनती करैछी हे छठी मैया’ बोलको गीत मंगलबार बिहान सार्वजनिक गरिएको हो । विराटनगरका पत्रकारहरू नवीन कर्ण, सोनुकुमार दास र हुसैन शेखको सहकार्यमा सो गीतको निर्माण गरिएको हो ।
गीतको लेखन तथा निर्माण पत्रकार नवीन कर्णले गरेका छन् । निर्देशन, सम्पादन तथा रंग संयोजन हुसैन शेखले गरेका छन् ।
यस्तै गीतमा पत्रकार सोनुकुमार दासले अभिनय गरेका छन् । दाससँगै गीतमा विराटनगरकै ईशा यादवले प्रमुख भूमिका निर्वाह गरेकी छन् ।
अन्य कलाकारहरूमा विनिता कर्ण, पुष्पलता कर्ण, माधुरी मनिष कर्ण, नूतन कर्ण र रानी कर्ण छन् । गीतमा ब्रतालु, गृहिणी महिलाहरूले नै प्रमुख भूमिकामा प्रस्तुत भएका छन् ।
गीतमा गायिका ज्योति विश्वकर्माले स्वर दिएकी छन भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन् । विराटनगरको बिट्ज रेकर्डिङ स्टुडियोमा स्वरांकन गरिएको गीतको प्रबिधि संयोजन सुरज श्रेष्ठले गरेका छन् । म्यूजिक भिडियोको छायांकन सन्तोष रजक र विक्रम साहले गरेका हुन् ।
पछिल्लो समय छठ सहितका धार्मिक गीतहरूमा पाश्चत्य शैलीको संगीत प्रयोग गर्ने क्रम बढिरहेको अवस्थामा छठ गीतको मौलिकता झल्किने संगीत र शब्द प्रयोग गरेर म्यूजिक भिडियो निर्माण गरिएको रचनाकार कर्णले बताए ।
View : 281
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved