Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

खदम क्याम्पसमा अनेरास्ववियुका कन्दङ्वा विजयी

उद्‌घोष सम्वाददाता
५ चैत २०८१, मङ्गलवार

विराटनगर । मोरङको केराबारी गाउँपालिकास्थित खदम क्याम्पसमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका संगम कन्दङ्वा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनपछि भएको मतगणनाबाट कन्दङ्वाले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सिमान्त लुईंटेललाई पराजित गरेका हुन् ।

सभापतिमा निर्वाचित कन्दङ्वाले ५८ मत प्राप्त गरेका छन् । २८ मत पाएर पराजित भएका लुईंटेल भने अघिल्लो पटकका सभापति समेत हुन् ।

९१ जना विद्यार्थी मतदाता रहेको खदम क्याम्पसमा ८७ मत खसेको थियो । सभापति र कोषाध्यक्षमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवार भिडेका थिए ।

कोषाध्यक्षमा पनि अनेरास्ववियुकै सन्देश भण्डारी निर्वाचित भएका छन् । उनले ५८ मत प्राप्त गरेका छन् । पराजित फेमस बराईलीले २९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

खदम क्याम्पसमा उपाध्यक्ष, सचिव र सहसचिवमा भने नेविसंघका उम्मेदवार सर्वसम्मत भइसकेको जनाइएको छ । 

View : 287

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved