Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सार्वजनिक लेखा समिति सभापति पोखरेललाई पितृशोक

उद्‌घोष सम्वाददाता
२८ जेठ २०८२, बुधवार

विराटनगर । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक परेको छ । 

सभापति पोखरेलका पिता रामचन्द्र पोखरेलको बुधबार साँझ सवा ६ बजे ८८ वर्षको उमेरमा विराटनगर–८ मधुमारास्थित आफ्नै निवासमा निधन भएको छ ।

सामान्य हिँडडुल गर्दै आएका पोखरेल साँझ अचानक अस्वस्थ भएका थिए । 

बिरामी भएको खबर पाएसँगै एम्बुलेन्स लिएर जान नपाउँदै निधन भएको जानकारी पाएको उक्त वडाका वडाध्यक्ष राम पोखरेलले बताएका छन् । 

‘हजुरबा दिउँसोसम्म ठिकै हुनुहुन्थ्यो, साँझ बिरामी हुनुभयो भन्ने खबर पाएँ, एम्बुलेन्स घर नलैजान नपाउँदै बित्नुभएछ,’ वडाध्यक्ष पोखरेलले भने । 

परिवारमा लेखा समिति सभापति पोखरेल जेठा छोरा हुन् । उनको परिवारमा भाइ फडिन्द्र पोखरेलसहित दुई बहिनीहरू छन् ।

 सभापति पोखरेल बुधबार बिहानमात्रै काठमाडौं गएका थिए । बुबाको निधनपछि अहिले उनी विराटनगर फर्कने क्रममा रहेको वडाध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलको अन्तिम संस्कार बिहीबार बिहान साढे ११ बजे हाटखोलास्थित परम विश्रान्ति श्मसानघाट गरिने परिवारले जनाएको छ ।

View : 473

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved