Biratnagar, Morang, Nepal
१५ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बस दुर्घटनामा तीन यात्रुको मृत्यु, २३ घाइते

उद्‌घोष सम्वाददाता
१४ वैशाख २०८२, आइतवार

विराटनगर । उदयपुर सदरमुकाम गाईघाटबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । 

प्रदेश १–०१–००१ ख ३४२० नम्बरको यात्रुबस अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । 

दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगरातीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका एक पुरुष र एक महिलाको भने सनाखत हुन सकेको छैन ।

मगरातीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । बसमा ३५ जना सवार थिए ।

उक्त दुर्घटनामा बसमा सवार यात्रुहरू सुवेता दाहाल, चेतना भट्टराई, विजय विक, मनोज भट्टराई, मीना भट्टराई, कमला भुसाल, नरमाया मगर, भरत यादव, महमद असलम, वीरेन्द्र ठाकुर लगायत घाइते भएका छन् । घाइतेहरूमध्ये केहीको अवस्था निकै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

केहीको स्थानीय अस्पताल र केहीलाई उपचारका लागि विराटनगर लगिएको जनाइएको छ । बस चालक अमृत दर्जीलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाइएको छ ।

View : 94

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved