विराटनगर । विराटनगर–२ स्थित बुढानीलकण्ठ अंग्रेजी माविले सोमबार शैक्षिक सत्र २०८१ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गर्यो ।
उक्त प्रदर्शनीमा विद्यालयको वार्षिक गतिविधिका तस्वीर तथा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुद्वारा निर्मित चित्रकला तथा हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।
सो अवसरमा प्रदर्शनीमा सहभागीहरु मध्येलाई आठ समूहमा विभाजन गरी प्रत्येक समूहबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुका रचनालाई स्कुलका प्राचार्य मणिराज भट्टराईले प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरेका थिए ।
View : 43
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved