Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अरिहन्त मल्टी फाइवर्ससँग सीपसँगै रोजगार सम्झौता

उद्‌घोष सम्वाददाता
४ वैशाख २०८२, बिहिवार

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा प्रहरी परिवारको आत्मनिर्भरताको लागि अरिहन्त मल्टी फाइवर्स लिमिटेड बीच सीपसँगै रोजगारको सम्झौता गरी तालिमको शुभारम्भ भएको छ ।

अरिहन्त मल्टी फाइवर लिमिटेडको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको सहकार्यमा नेपाल प्रहरीका कर्मचारीहरुका परिवार तथा सन्ततीहरुलाई लक्षित गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम शुरु गरिएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीमती सुस्मिता केसी अधिकारी र अरिहन्त मल्टिफाइवर्स लिमिटेडका कार्यकारी प्रमुख गोविन्द कुमार बजगाईले सीपसँगै रोजगारको सम्झौतापत्रमा हस्ताक्षर  गरेका छन् । 

सो सम्झौता लगत्तै तालिम पनि शुरु भएको छ ।

View : 110

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved