विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना संचालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शनिबार विहान ७ः१५ बजे सुरु भएको मतदानमा अपरान्ह १२ बज्दा २५ प्रतिशत मत खसिसकेको जनाइएको छ ।
विराटनगर–१ पुष्पलाल चोकस्थित जनता क्याम्पसको हाताभित्र १२ वटा वडागत बुथमा मतदान भइरहेको छ ।
निर्वाचनमा ५ हजार ९८८ उपभोक्ता मतदाता रहेका छन् । सवा ११ बजेसम्म १ हजार ४५६ मत खसिसकेको जनाइएको छ ।
मतदान स्थलमा उच्च सुरक्षाको व्यवस्था गरिएको छ ।
मतदान स्थलमा मताधिकार पाएका उपभोक्ताको लामो लाइन देखिएको छ । पुरुषभन्दा महिला उपभोक्ता मतदाताको लाइन लामो रहेको छ ।
मतदान स्थलभित्र त्रिपाल टाँगेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचनका लागि सवै खर्च खानेपानी आयोजनाले व्यहोरेको हो ।
साँझ ५ बजेसम्म हुने मतदानमा अध्यक्ष पदका लागि लालमणि भट्टराई, राम बहादुर घिमिरे र दुर्गा चापागाईँ प्यानलै मैदानमा उत्रिएका छन् ।
View : 262
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved